यसरी बन्दैछ मदन भण्डारी राजमार्ग
झापाको बर्ने पूर्वको अवस्था
दक्षिणी इलाम र उत्तरी झापाको सीमावर्ती क्षेत्रमा निर्माणाधिन मदन भण्डारी राजमार्गले त्यस क्षेत्रको जनजीवनमा प्रत्यक्ष प्रभाव पारेको छ । यातायातको सहजतासँगै यहाँको आर्थिक गतिविधि चलायमान वनाउन यो राजमार्गले महत्वपूर्ण भूमिका खेल्न थालेको हो ।
झापाको मेची नगरपालिका र इलामको रोङ गाउँपालिकाबीच करिव साडे ३ किलोमिटर खण्ड वाहेक झापाको बर्ने पूर्वको १२ किलोमिटर मध्ये अन्य क्षेत्रमा कालोपत्रे भइसकेको छ । निर्माणाधिन तेलपानी र बहुवन क्षेत्रमा केहि महिना भित्रै कालो पत्रे हुने निर्माण कम्पनीले जनाएको छ ।
यो सडक निर्माण भएपछि यस क्षेत्रमा रहेका बजारहरुको चहलपहल बढेको छ । सडक निर्माण पछि उपभोग्य सामाग्री ल्याउन मात्र हैन यहाँ उत्पादन हुने सागसब्जीले तराईको बजार पाउने छ । त्यस्तै अन्य उत्पादित सामाग्रीलाई बजारसम्म पुर्याउन र पर्यटकीय गतिविधि बढाउनको निम्ती पनि यो सडकले ठूलो सहयोग पुर्याउने स्थानीयको विश्वास छ ।
बर्नेदेखि सुखानीसम्मको इलाम झापा सिमावर्ती विभिन्न क्षेत्रमा पनि काम भइरहेको छ । सुखानीदेखि इलामको माई नगरपालिकाहुँदै चुलाचली भएर दमक जोड्ने यो खण्डमा माई नगरपालिकाको बाँकी खण्डमा काम हुन सकेको छैन ।


प्रतिकृया दिनुहोस