सन्दकपुर 

क्षेत्रफल ः १५६।०१ वर्ग किलोमिटर
जनसंख्या ः १५४४४
वडा ः ५
प्रशासनिक कार्यालय ः देउराली 
अध्यक्ष ः तुलाराम गुुरुङ
उपाध्यक्ष ः हरि कुमार लुुङ्गेली
निर्वतमान अध्यक्ष ः उदय राई
निर्वतमान उपाध्यक्ष ः शोभा पराजुुली

इलाम जिल्लाको उत्तरी छेत्रमा अवस्थित सन्दकपुर गाउपलिका साबिकका माईमझुवा, सुलुबुङ्ग, माबु, जमुना र माइपोखरी गाउँ विकास समितिको ४ देखी ९ सम्मका वडा मिलाएर बनाइएको हो । देशका कूल ७ सय ५३ स्थानीय निकाय मध्ये सन्दकपुर गाउपलिकाका जनसंख्याको हिसाबले १३६ औ सानो स्थानीय तह हो भने क्षेत्रफलको आधारमा ४७१ औ सानो स्थानीय निकाय हो ।  पलिकाको वडा नं २ र ४ को सिमानामा धार्मिक र जैविक महत्वको रमणीय सन्दकपुर भन्ने स्थाने छ । समुन्द्री सतहबाट ३६३६ मीटरको उचाइमा अवस्थित सन्दकपुर हिमश्रीन्खलाहरुको रमदीय अवलोकन, सुर्योदय, प्राकृतिक सुन्दरता र जैविक बिबिधताको अवलोकनका लागि उत्कृष्ट स्थानका रुपमा परिचित रहेकाले सन्दकपुर नाम राखिएको हो । उत्तरमा भारतको दार्जिलिङ, उत्तर पश्चिममा पाँचथर, पश्चिम र दक्षिणमा इलाम नगरपालिका र पूर्वमा माईजोगमाई गाउँपालिकासँग सन्दकपुरको सीमा जोडिएको छ । 
संभावना र चुुनौती
पूर्वाधार विकासको क्रममा रहेको यो गाउँपालिकामा धेरै संभावना छन् । यहाँको जैविक विविधता, धर्म, संस्कृति र मनोरम प्राकृतिक छटाका कारण पालिका र यहाँका बासिन्दाको दिगो आर्थिक उपार्जनको स्रोत पर्यटन नै हो । सन्दकपुर सहित माईपोखरी, ढापपोखरी, टोड्के झरना, छिन्टापुु, टप्पुु, चोयाटार, मावुुथाम, हाँगेथाम, जौवारी, दोवाटेलगायतका थुुप्रै पर्यटकीय संभावनाले भरिएका क्षेत्र छन् । त्यस्तै रेडपाण्डासहित लोपन्मूूख र दुुर्लभ जनवार, चराजुुरुङ्गी र जडिवुुटी पनि यहाँको अमूूल्य सम्पत्ती हुुन् । विभिन्न धर्मालम्वीका थुुप्रै आस्थाका केन्द्रले पनि सन्दकपुुरको सौन्दर्य वढाएको छ । यीनको उचित संरक्षण र संवर्धन गर्दै पालिकाको आन्तरिक स्रोत वृद्धि मात्र हैन स्थानीयको जिविकोपार्जनकालागि पनि उत्तिकै महत्वपूर्ण छ । तर यसकालागि यहाँको जैविक विविधता र अनुपम प्रकृतिको रक्षा चाहिं मूूख्य शर्त हो । नगदेवालीसहित परम्परागत खेतीको प्रर्वधन गर्दै वजारिकरणको चुुनौती यो पालिकालाई छ । खेती र पशुपालनमा निर्भर कृषककालागि उपयुक्त मल विउ र प्राविधिक सहयोगको खाँचो पनि उत्तिकै देखिएको छ । व्यवसायिक जडिवुुटी खेती पनि यहाँको अर्को समृद्धिको आधार हो । 
केचना कञ्चनजङ्गा, विव्ल्याँटे सन्दकपुर यो पालिकाको मेरुदण्डकोरुपमा हेरिएका सडक निर्माणका क्रममा छन् । त्यस्तै पालिकाका पाँच वडालाई नै समेटेर प्याङ पञ्चमीहुुँदै नयाँवजार जोड्ने रिङरोडको प्राथमिकिकरण गरि पूर्णता दिनु पालिकाको अर्को दायित्व हो । सवै वडावाट पालिका जोड्ने सडक र १ नम्वरको साविक माइपोखरीमा आलुुवारी, अधिकारीवासलगायत स्थान र जमुुना जोड्ने सडकको स्तरउन्नती गर्दै पूर्णता दिदा सवै वडा र क्षेत्रमा यातायात व्यवस्थाको सहजता निश्चित छ । 
पालिकाको केन्द्रमा निर्माण थालिएको अस्पताल सहित सवै वडामा रहेका स्वास्थ्य केन्द्रको पूर्वाधार विकास र सेवा प्रवाहलाई छरितो वनाउनसँगै समग्र पालिकाको शैक्षिक स्तरलाई गुणस्तरीय वनाउनु पर्ने आवश्यक्ता टड्कारो छ । जलस्रोतको उचित प्रयोग गर्दै रोजगारी सिर्जना र पालिकाको आयस्रोत बृद्धिमा पनि पालिकाको ध्यान जान आवश्यक देखिएको छ । 
 

प्रतिकृया दिनुहोस