फाकफोकथुुम गाउँपालिका
क्षेत्रफल ः १०९ वर्ग किलोमिटर
जनसंख्या ः १९७०६
वडा ः ७
अध्यक्ष ः दिपेन्द्र खनाल
उपाध्यक्ष ः कल्पना राई
निर्वतमान अध्यक्ष ः राम श्रेष्ठ
निर्वतमान उपाध्यक्ष ः सरु राई (सरस्वती)
जिल्लाको पश्चिम क्षेत्रमा रहेको फाकफोकथुुम गाउँपालिका राज्य पुर्नसंरचनामा स्थानिय तहको नंया सिमांकन गर्दा साबिकका ५ वटा गाबिसहरु फाकफोक, आम्चोक, फुयेताप्पा, लुम्दे, एकतप्पा र चमैता गाविसकोे ९ नं. वडा विलय गरि स्थापना गरिएको हो । यस गाउँपालिकाको पूर्वमा देउमाई नगरपालिका दक्षिणमा माङसेबुङ गाउँपालिका उत्तर र पश्चिममा पांचथर जिल्ला अन्तर्गतका दुईवटा गाउँपालिकाहरु फाल्गुनन्द र मिक्लाजुङ रहेका छन् ।
संभावना र चुुनौती
जिल्लाकै विकट गाउँपालिकाकोरुपमा रहेको फाकफोकथुुमको मूूख्य समस्या सडक नै हो । सडककै कारण आउजाउँसँगै उपभोग्य र उत्पादित सामाग्रीको ढुवानीमा कठिनाई छ । निर्माणाधिन राँके भेडेटार सडकले पालिकाको पश्चिमी भागलाई सहज हुुन्छ । सवै वडावाट पालिकाको केन्द्र जोड्ने सडक प्रमुख आवश्यक्ता देखिएको छ । त्यस्तै सदरमुकाम र तराई जोड्ने निर्माणाधिन सडक पनि पालिकाको प्रमुख आवश्यक्ता हो । पालिकाको मूूख्य चुुनौती सडक सञ्जालको व्यवस्थापन नै हो ।
सन्त ज्ञानदिल दासको जन्मस्थल रहेको यो पालिकाले उनको जन्मभूमिको प्रचार गर्दै ऐतिहासिक र धार्मिक स्थलको रुपमा प्रचार गर्न आवश्यक छ । गाउपालिकाको वडा नं ३ आमचोकमा जन्मिएका ज्ञान दिल दास संसारभर चर्चित भएपनि उनको जन्मस्थल भने अहिले सम्म पनि गुमनाम अवस्थामा रहेको छ । फाकफोकथुम ४ मा रहेको धार्मिक पर्यटकीय स्थल बेहुली ढुङ्गा र थामा डाँडा अर्को गन्तव्य हो । सुर्योदय, सुर्यस्थ सँगै धार्मिक महत्व बोकेको ठाउँ हो एक चुले र तिन चुले डाँडा । किराँत धर्मगुरु फाल्गुनन्दले मानव शान्ति र हितका लागि होमादी गरेको र अहिले पनि कोहिला र खरानी रहेको किम्बदन्ती पाइन्छ । त्यस्तै इलाम र पाँथथरको सिमानामै रहेको अर्को पर्यटकीय स्थल हो उत्तरे पोखरी । फाकफोकथुम २ र ३ को सिमाना रातमाटेमा अवस्थित छाँगे झर्ना मा जल पर्यटनको सम्भावना रहेको छ । यो सँगै तिनजुरे र फुङसिङ डाँडामा पनि अवलोकनका लागि महत्वपूर्ण मानिन्छ । फाकफोकथुम गाउँपालिकाको वडा नं. ४ मा रहेको जुरे डाँडा धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको स्थानमा पर्दछ । खराने डाँडा अर्को पर्यटकीय सम्भावना बोकोको पर्यटकीय स्थल हो । त्यस्तै लुङसुङदाङ फाकफोक थुम गाउँपालिका वडा नं. १ मा अवस्थित एक ऐतिहासिक स्थल हो ।
यी सहितका पर्यटकीय स्थलको समूचित विकास र प्रचार गर्नु पर्ने दायित्व पनि पालिकासँग छ । विकासको दृष्टिकोणले पछि परेको यो पालिकालाई समृद्धितर्फ लैजान कृषि र पशुुपालन व्यवसायको बढोत्तरी मूूख्य प्राथमिकताभित्र पर्दछ । जैविक र सांस्कृतिक विविधता रक्षा गर्दै पालिकालाई सौन्दर्यीकरण गर्नु पालिकाको अर्को कर्तव्य हो । रोजगारीको अवसर गाउँमा नै सिर्जना गर्न जलविद्युत आयोजना, आधुनिक कृषि र पशुपालन प्रणालीको व्यवस्था गर्नु पर्ने दायित्व पनि पालिकासँग छ । स्वास्थ्य, शिक्षा, खानेपानी, सिंचाई जस्ता आधारभूूत आवश्यक्ताको पूूर्तिकालागि पालिकाको नेतृत्वदायी र सहजीकरण भूूमिका आवश्यक छ ।

प्रतिकृया दिनुहोस