टापु बन्यो इलाम

पूर्वी पहाडको लाइफ लाइनकोरुपमा रहेको मेची राजमार्गको इलाम राजदुवाली खण्ड अवरुद्ध भएपछि इलाम सदरमुकामसहितका क्षेत्र टापु सरह वनेका छन् । सोमवार त्यही स्थानवाट गोलिया बोकेको ट्रक खोलामा खसेपछि सम्पूर्ण सवारी साधनको आउजाउ रोकिएको छ । समयमा सडक निर्माण नभएको र फागुनदेखिनै वर्षा भईरहेकाले राजदुवाली पहिरोले यो वर्ष असारदेखिनै समस्या दिन थालेको हो । राजमार्ग बन्दहुँदा इलामसहित मेची पहाडका जिल्लाहरु प्रत्यक्ष प्रभावित भएका छन् । 
जमिन भासिने क्रम निरन्तर रहेकाले ठूलो पानी पर्दा सवारी साधन अवरुद्ध हुने गरेका छन् । बर्षौदेखि समस्याग्रस्त यो सडकको समस्या दिगोरुपमा समाधान गर्ने प्रयास भईरहे पनि निर्माण कार्य पूरा नहुदा समस्या थपिएको हो । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले क्षतिग्रस्त सडकको निरिक्षण गर्दै जसरी पनि बर्खायाममा यातायात संचालन गर्न निर्देशन दिनुभएको थियो ।  
विकल्पकोरुपमा लिइएको मेची करिडोरको बेलासी र पुवाखोलामा पुल नभएका कारण यातायात सेवा अवरुद्ध छ । दुवै स्थानको पुल अघिल्लो वर्षको असोजमा आएको बाढीले क्षति पुर्याएपछि डाइभर्सन मार्फत हिउदयाममा यातायातका साधन चलाइएको थियो । बेलासीमा बेलिव्रिज जडान भईरहे पनि पुवाखोलामा थालिएको छैन । बेलासे–भञ्ज्याङको सडक अवस्था पनि विग्रदै गएकाले पुल वनिसक्दा पनि यातायात सहज ढंगले संचालन हुने अवस्था छैन । 
 विकल्पकै रुपमा रहेको तिल्केनी सिमल गोलाई सडकको पनि जोगमाई खोलामा अघिल्लो वर्ष नै बेलिब्रीज वगाएपछि यातायातका साधान चल्ने अवस्था छैन । पटक÷पटक डाइभर्सन वनाइए पनि बाढीले वगाएको छ । त्यहाँ पनि बेलिव्रिज वन्ने भए पनि अहिलेसम्म जडान हुन सकेको छैन । 

प्रतिकृया दिनुहोस