कुन कोचको रणनीति कस्तो

फ्रान्स, स्पेन, इङल्याण्ड, अर्जेन्टिना

मिलन खत्री

राजनीतिमा जस्तै फुटबलमा पनि ठुलो काम सिद्दान्तले गरेको हुन्छ। तपाईले मन पराएको देशको फुटबल सिद्दान्त हेर्नुस त, फेरि नेता मन पर्यो सिद्दान्त मन परेन भनेको जस्तो हुन्छ। हामीले मैदानमा खेलाडीको खेल मात्रै देखे पनि त्यो सबै दिमाख कोचको हुन्छ। आधुनिक फुटबलमा कोचको भुमिका प्रमुख हुन्छ, मैले कति क्लवहरु खेलाडी त्यै कोच मात्रै परिवर्तन गर्दा ट्रफि जितेको देखेको छु। psg ले दुई पटक भर्खरि च्याम्पियन्स लिग जिताए श्रेय कोचलाई नै जान्छ, किनकि खेलाडीमा खासै ठुलो परिवर्तन थिएन।म पैले १०१३,१४ तिर कोच , देश र फुटबल ट्यक्टिसको कुरा जोड पढेर बस्थे। हेरौँ सेमिफाइनलमाका ४ देशका कोच र ट्याकटिस.........फान्सका Didier Deschamps आफै खेलाडी हुँदा पनि वर्डकप र युरोकप जितिसकेका प्रशिक्षक हुँदा वर्डकप २०१८, नेसन्स लिग २०१९ जितिसकेका Defensive र Counter Attack यसो हेर्दा गोल गर्न नदिने हो गोल ड्याङ कि ड्याङ लगाउने हो सिधा कुरा छ। पहिले जित्ने, त्यसपछि सुन्दर खेल्ने, 4-2-3-1 नै खेलाउछन्। ऐलेको समयमा एकैपटक ४ जना अट्याटर खेलाउने एक मात्र कोच।स्पेनका De la Fuente उमेर समुहको युरोपियन च्याम्पियन , २०२३ को नेसन्स लिग र २०२४ को युरोकप जिताएका प्रोसेसन र हाई प्रेस (स्पेनिस शैली) , अर्को टिमलाई बल छुनै नदिने प्रोसेसनमा डोमिनेसन देखाउने १,२ गोल गर्ने जित्ने भन्ने खाले टेक्निक छ। ४-३-३ खेलाउछन् , हाई प्रेस विथ बल आफ्नो खुट्टामा नै राखिराख्ने मिड फिल्डले कन्ट्रोल गर्ने।इङ्ल्यान्डकल जर्मन मुलका Thomas Tuchel टेक्निकल रुपमा जिनियस छन् । आफ्नै देशको नभएर फरक देशको प्रशिक्षण समालिरहेका अन्तर्राष्ट्रिय कोच यि चारमा यि मात्रै हुन्। क्लव फुटबलका सबै उपाधि ( च्याम्पियन्स लिग, क्लव वर्डकप) भ्याएर आइसकेका चेल्सिका फ्यानहरुले राम्रैसग चिन्नुहुन्छ। ट्याक्टिस परिवर्तनमा माहिर, 3-4-2-1 र 4-2-3-1 बढि खेलाउछ्न। आव्श्यकता अनुसार अगाडि पछाडि मिलाएर ।अर्जेन्टिनाका Lionel Scaloni ऐलेसम्म सबैभन्दा धेरै अन्तर्राष्ट्रिय ट्रफि जितेका सक्रिय कोच हुन। आफ्नो हैन विपक्षीको रणनीति अनुसार गेम प्लान बनाउन माहिर छन् । ऊनको एउटा भनाई मलाई याद आउँछ कोच अनुसार हैन उपलब्ध खेलाडी अनुसार रणनीति बनाउनुपर्छ भन्छन् । “Pragmatic Possession + Controlled Aggression” भन्ने मुख्य रणनीति छ। टिम वर्क बनाउछन् 4-4-2 को क्लासिक फर्मेसन फेरि प्रयोग गर्ने आधुनिक कोच हुन। आजकाल डिफेन्सिप कमजोरी टिममा देखिएपछि 4-1-3-2 खेलाएको पनि देखिरहेको छु। दुई कोपा , २०२२ वर्डकप , एक फिलिज्मा यहि टिमलाई जिताईसकेका छन् । नक-आउट फुटबलका बादसाह लाग्छ मलाई ९०+ मा यिनले जति अरुले सक्दैनन् ।

प्रतिकृया दिनुहोस