सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ — स्थानीय बजारमा सुनको मूल्य दुई हजार चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ६२ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

 

यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार९ सय २५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रतिकृया दिनुहोस