रेडपाण्डाकालागि वृक्षारोपण
इलाम – विश्वमै लोपोन्मुख रुपमा रहेको रेडपाण्डा (हाब्रे) संरक्षण चुुनौतीको विषय हो । साविक मेची पहाडका माथिल्ला जंगलमा पाइने रेडपाण्डाको संरक्षणकालागि सुरक्षित वासस्थान, सुरक्षा, आवश्यक खाद्यपदार्थको जोहो, संरक्षण, चेतनाविस्तार, चोरीशिकारी नियन्त्रण लगायतका समग्र पाटोलाई ध्यानदिनुको विकल्प छैन । यस क्षेत्रमापाइने रेडपाण्डाको संरक्षणको चेतनाविस्तार सँगै करिव अढाई दशकदेखि थालिएको प्रयासले राम्रै नतिजा निकालेकोमा दुुई मत छैन । तथापी रेडपाण्डासँग जोडिएर आउने अनेकन नकारात्मक खवरले सरोकारवालालाई झस्काउन भने छाडेको छैन ।
रेडपाण्डा क्षेत्रमागरिएका अनेकन कार्यबीचयसको वासस्थान संरक्षणकालागि गरिएको प्रयास पनि उदाहरणीय हो । इलामको सन्दकपुर गाउँपालिका ५ स्थित जौवारीमा रेडपाण्डाकै सुुरक्षा हेतुु वृक्षारोपण गरिएको छ ।
रेडपाण्डा आवतजावतगर्ने जैविक मार्ग संरक्षणसँगै यसको उचित वासस्थान र आवश्यक खाद्य परिकारको सहजताकालागि निजी आवादी जमिनखरिद गरियो । त्यो जमिनलाई सरकारको मातहतमा ल्याई रेडपाण्डा संरक्षणका लागि वृक्षारोपण गरिएको हो ।
लोपोन्मुख अवस्थामा रहेको रेडपाण्डा संरक्षणका लागि कार्यरत रेडपाण्डा नेटवर्कको सहयोगमा जग्गा व्यवस्थापन गरिएको हो । नमूूनाको रुपमा गरिएको यो कार्यले रेडपाण्डा संरक्षणमा गतिलो सिकाई हुने विश्वास सरोकारवालाको छ ।
नेपाल र भारतको सिमा क्षेत्रमा पर्ने यस ठाउँमा भारत तर्फ सिंहलिला नेशनलपार्क रहेको छ । त्यो संरक्षित छ र नेपाल तिरचाँहि जंगल विनास भएर गएको छ, निजी आवादीमा गोठहरु राखेर पनि जंगल विनाश भईरहेको छ । सीमापारी रेडपाण्डाको अध्ययन अनुुसन्धान गर्न आउनेहरुकै कारण त्यहाँको पर्यटन चलायमान छ ।
‘नेपालतर्फको भूू–भागमापनि रेडपाण्डा रहेकाले संरक्षण आवश्यक भएको हो,’ हिले सामुुदायिक वन समितिका अध्यक्ष सोनाम लामा भन्छन्,’ ‘रेडापाण्डाले पाउने आवश्यक खाद्य पदार्थ सहित वासस्थान सुरक्षित गर्ने लक्षका साथ भएको यो कार्य सहरानीय छ ।’
‘जग्गा खरिद गरि वृक्षरोपण गरेर मात्र पुुग्दैन,’ उनी थप्छन्, ‘यसको संरक्षण मूूख्य चुुनौती हो । यसकालागि सामुुदायिक वन र सम्वन्धित पालिकासँग सहकार्य गरिनुु पर्छ ।’
नेपालतिरको जंगलविनास भएको कारण वन्यजन्तु आवतजावतको लागिपनिसमस्याछ । नेपाल र भारतको विचको जैविकमार्ग जोड्नको लागिपनि वृक्षारोपणको कामले सहजतादिने उनको भनाई छ ।
यस क्षेत्रमा डेढ लाख विरुवा रोपिएको छ । जिल्लाका विभिन्न लेकाली जंगल र ताप्लेजुुङलगायत क्षेत्रवाट पनि विरुवा ल्याएर रोपण गरिएको छ । यहाँ जंगल घना वन्दै जाँदा पर्यटकीय आर्कषण थपिने पनि स्थानीयको विश्वास छ ।
रेडपाण्डाकोवासस्थान क्षेत्रमा चरिचरन तिब्र भएको र वनजंगल विनास भएसँगै रेडपाण्डाको वासस्थान मासिएको कारण संरक्षण थालिएको हो । रेडपाण्डा नेटवर्कमार्फत सन २०१९ देखि ०२२ सम्म प्रतिरोपनी २० देखि २२ हजार रुपैयाँ मूूल्य तिरेर ५ सय ७० रोपनी जमिन खरिद गरिएको नेटवर्कका वाङ्छुु शेर्पाले जानकारी दिए ।
संरक्षित क्षेत्रमा विभिन्न व्यक्तिका नाममा रहेको जग्गा खरिद गरीयो । सवै जमिनलाई वाहिर जंगली जनावार तथा अन्य घरपालुवा जनवार छिर्न नसक्ने गरि तारवेरा गरेर वृक्षरोपण गरिएको छ । करिव २७ सय मिटर उचाईमा रहेको यो क्षेत्र रेडपाण्डाको वासस्थानकालागि उपयुक्त मानिन्छ । खरिद गरिएको जमिनमा करिव ३ हजार मिटर क्षेत्रफलमा तारवार गरिएको छ ।
संस्थाले खरिद गरेको जमिनसँगै अन्य सरकारी जमिनमापनि वृक्षरोपण गरेको छ । करिव ७ सय रोपनी जमिनामा बृक्षारोपण गरिएको हो । रेडपाण्डाको आहाराको रुपमा रहेको वनस्पति मालिङ्गो टेङ्गा, कुलिङ्गा, चिमाल, वाण्टे, भालुचिन्डे गुँरास जस्ता वनस्पती त्यो क्षेत्रमा लगाईएको छ ।
रेडपाण्डा संरक्षणका लागि सन २००७ देखि रेडपाण्डा नेटवर्कले कामगरिरहेको छ । इलामको सन्दकपुर गाउँपालिकाको माबु दोवाटे, जौवारी, हाँगेथाम, जमुनाको चोयाटार, टप्पुु, माईजोगमाई गाउँपालिकाको प्याङ पातल सामुदायिक वन, जोगमाईको माथिल्लो सामुदायिक वन लगायतमा रेडपाण्डा पाइन्छ ।
लजालु स्वभावको भएकोले जंगली जनावर र कुकुरले सजिलै आक्रमण गर्ने हुदाँ पनि यसको संरक्षणमा विषेश ध्यान दिनु पर्ने अवस्था आएको हो ।
संरक्षणकै लागि रेडपाण्डा पाइने क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा रेडपाण्डा संरक्षण सम्बन्धी पढाइ समेत शुरु गरिएको छ । उत्तरी इलामको रेडपाण्डा पाइने क्षेत्रमा रहेका सामुदायिक विद्यालयका कक्षा ६ र ७ मा ऐच्छिक रुपमा वातावरण संरक्षण शिक्षा पढाइ शुरु गरिएको हो । स्थानीय समुदाय र रेडपाण्डाको बासस्थानसँग सीधा सरोकार रहेकाले संरक्षण शिक्षा जरुरी भएको संरक्षणमा क्रियाशील संस्थाहरु वताउछन् ।
घाँस, दाउरा, निगालो र मालिङ्गो जस्ता महत्वपुर्ण वन पैदावार संकलनका क्रममा स्थानीय समुदाय रेडपाण्डाको वासस्थानमा आश्रित भएकाले संरक्षणमा चुनौति देखिएको छ ।
रेडपाण्डा संरक्षणका लागि नेटवर्क मार्फत इलाम, पाँचथर र ताप्लेजुङमा क्यामेरा राखिए पनि कति रेडपाण्डा छन् भन्ने तथ्याङक नेटवर्कले निकाल्न सकेको छैन ।
इलाम सहितपाँचथर र ताप्लेजुङ्गमा रेडपाण्डा संरक्षण सम्बन्धी कार्यक्रम शुरु गरिएका छन् । सरकारले रेडपाण्डा संरक्षणका लागि सन् २०१९ देखि २०२३ सम्मपाँचवर्षे कार्ययोजना बनाएको छ । सोही कार्यक्रमका लागि सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय सस्थासँगको साझेदारीमा संरक्षण र अनुसन्धानमूलक गतिविधि सञ्चालन गर्दै आएको छ ।
जैविक हिसावले अत्यान्तै संवेदनशिल उच्च पहाडी क्षेत्रमा जथाभावी पूूर्वाधार निर्माण गरिने क्रमले पनि समस्या देखिएको छ । ‘यस क्षत्रको संवेदनशील पाटोलाई ख्यालै नगरी सडक लगायतका पूूर्वाधार विकास अघि वढाइएको पाइएको छ,’ इलामको इतिहास र विकासका खोजकर्ता युुद्धप्रसाद वैद्य भन्छन्, ‘यहाँको जैविक विविधतामा असर परे रेडपाण्डासहितका दुुर्लभ र जनावार पशुुपंक्षीको अस्तित्व खतरामा पर्छ ।’ अहिलेसम्म रेडपाण्डा नेटवर्कले नै बारबेरादेखि वृक्षरोपण र संरक्षणको काम गर्दै आएको छ । नजिकैका नेपालतर्फका वनसहित रेडपाण्डा पाइने भारत दार्जिलिङको सिंहलिला नेशनलपार्कसँग पनि वन क्षेत्रलाई जोड्दा रेडपाण्डा संरक्षणमा सहज हुुने डिभिजन वन कार्यालयको भनाई छ । कार्यालय मार्फत ४÷५ वटा पोखरी यो वर्ष निर्माण गरिने कार्यालयका प्रमुुख दानवहादुर श्रेष्ठले वताए । ‘यो क्षेत्रलाई रेडपाण्डाको प्रजनन केन्द्रकोरुपमा पनि विकास गर्ने लक्ष छ,’ उनले थपे, ‘तर कानुुन नभएकाले तत्काल भने सम्भव छैन ।’



प्रतिकृया दिनुहोस