रेडपाण्डा संरक्षणकालागि छात्रवृत्ति

इलाम–रेडपाण्डा संरक्षणकलागि कृयाशिल संस्था रेडपाण्डा नेटवर्कले इलामका ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । रेडपाण्डा संरक्षित क्षेत्रका विद्यार्थीहरुलाई रेडपाण्डासहित जैविक विविधता सम्वन्धि सचेत गराउने उदेश्यले छात्रवृत्ति प्रदान गरिएको हो । रेडपाण्डा संरक्षण परियोजना अन्र्तगत दिपज्योती युवा क्लवले नेटवर्क मार्फत प्राप्त छात्रवृत्ति संवधित विद्यालयमा नै पुगेर विद्यार्थीहरुलाई उपलब्ध गराउदै आएको छ । रेडपाण्डा संरक्षण प्रोत्साहन छात्रवृत्ति सन्दकपुर गाउँपालिकाका ३, माईजोगमाई र इलाम नगरपालिकाका १÷१  विद्यालयका ६÷६ जना छात्रछात्रालाइ प्रदान गरिएको हो । सन्दकपुर– ५ को भानुदय आवि र राष्ट्रिय आवि, इनपा ३ को वाल्मिकी आवि, सन्दकपुर १ को चन्द्रोदय आवि र माईजोगमाई–६ को प्याङ मावि माविका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो । छात्रवृत्तिमा स्टेशनरी सामाग्रीसहित टिफिन वक्स, रेडपाण्डा र जैविक विविधता सम्वन्धि पुस्तक, स्कुल व्याग लगायत ६ हजार मूल्य वरावरका सामाग्री प्रदान गरिएको दिपज्योती युवा क्लवका कार्यक्रम संयोजक राम रिमालले जानकारी दिनुभयो । यो कार्यक्रम विगत ६ वर्षदेखि संचालन हुँदै आएको छ ।  कक्षा ६ र ७ मा संस्थाले तयार पारेको वातावरण शिक्षा नामक पुस्तक पनि वितरण गरिएको छ । सम्वन्धित विद्यालयमा संस्थाले न्युनतम पारिश्रमिक दिएर यो विषयको पठनपाठनको व्यवस्था मिलाएको हो । ती विद्यालयहरुमा संस्थाको सहयोगमा भित्तेपत्रीका समेत प्रकाशित हुने गरेको छ । नेटवर्कले लामो पूर्वी पहाडी जिल्लाहरुमा रेडपाण्डा संरक्षणकालागि कार्यक्रम गर्दै आएको छ । 

प्रतिकृया दिनुहोस
↑