इलाम उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः पौडेल
सर्वसम्मत र निर्वाचन प्रकृयावाट नयाँ समिति चयन
इलाम– इलाम उद्योगण वाणिज्य संघको १० औं अधिवेशनले चेतनाथ (कृष्ण) पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । पौडेल अध्यक्षमा दोस्रो कार्यकालकालागि चयन भएका हुन् । महिला उपाध्यक्ष वाहेक अध्यक्ष सहित पदाधिकारी सर्वसम्मत चयन भएका थिए । महिला उपाध्यक्ष र तीन महिला सदस्यकालागि निर्वाचन भएको हो ।
भदौ २० र २१ गते सदरमुकाम इलाममा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा दिपेश श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा श्रीवहादुर विष्ट, भगवती पराजुली कोइरालालाई महिला उपाध्यक्ष, हेमन्त गौतमलाई महासचिव, सुमन दास सचिव र गणेश सुवेदीलाई कोषाध्यक्षमा चयन गरेको हो । त्यस्तै शैलेश श्रेष्ठ, सरुण श्रेष्ठ, पोषकवहादुर वानियाँ, रामचन्द्र पौडेल र किशोर भण्डारी खुल्ला सदस्यमा निरविरोध भए । महिला सदस्य तर्फ अनुजा काफ्ले, लीला खत्री र पूजा शिवाकोटी निर्वाचित भएका हुन् ।




प्रतिकृया दिनुहोस